Music
दीप श्रेष्ठलाई ५० हजारको सम्मान, विन्ध्यवासिनी म्युजिक अवार्डको मनोनयन सूचि सार्वजनिक
सिनेमा संसार समाचारदाता।
विन्ध्यवासिनी फाउण्डेशनले राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरेको विन्ध्यवासिनी सम्मान एवं संगीत सा“झ २०७४ तथा विन्ध्यवासिनी म्युजिक अवार्ड २०७४ मनोनयन सार्वजनिक कार्यक्रममा  गायक तथा संगीतकार दीप श्रेष्ठ विन्ध्यवासिनी संगीत साधना सम्मानबाट
सम्मानित भएका छन्।
गायक तथा संगीतकार श्रेष्ठलाई फाउण्डेसनका सल्लाहकारहरु किरण खरेल, प्रेमध्वज प्रधान, दिनेश अधिकारी, दीपक जंगम, शक्ति बल्लभ, मुक्तिनाथ विकास बैंकका सिइओ भरत ढकाल र गीतकार रत्नशम्मशेर थापाले ५० हजार १ रुपिया“सहित सम्मान गरेका थिए। सो अवसरमा नया“ पुस्ताका गायक अजर जंगमले लाईभ म्युजिकका साथ गायक श्रेष्ठको सम्मानमा उनीद्धारा नै गाइएका कालजयी गीतहरु गाएर माहौल तताएका थिए। 
सोही अवसरमा ९ गीत संगीत पत्रकारलाई जनही नगद ५ हजार रुपिया“सहित विन्ध्यवासिनी गीत संगीत पत्रकारिता सम्मानबाट सम्मानित गरियो। उक्त अवसरमा विष्णुप्रसाद गौतम, ध्रुव लम्साल, अमरध्वज लामा, प्रतिमा श्रेष्ठ, अनुपा श्रेष्ठ, रीता लिम्बु, मधु शाही, विजय नेपाल र जीवन पराजुलीलाई यस वर्षको विन्ध्यवासिनी गीत संगीत पत्रकारिता सम्मानबाट सम्मानित गरिएको थियो। नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरी, पत्रकार सुमन खरेल र फाउण्डेशनकी अध्यक्ष लीना शर्मा रेग्मीले पत्रकारहरुलाई सम्मान गरेका थिए।
त्यसै गरी फाउण्डेशनका १३ जना नया“ आजीवन सदस्यलाई समेत कार्यक्रममा सम्मान गरिएको थियोे। सम्मानित हुनेहरुमा धनबहादुर थापा मगर, कृष्ण थापा मगर, टीमाया राई, कमल सौराग, ध्रुवप्रसाद अमगाईं, सावित्रा सिलवाल, टीएन रेग्मी, सञ्जय फ्राउन फिल्डर, देवेन्द्र क्षत्री, रेखा पौडेल, युवराज मगर, राजेश थापा र शुशिला रेग्मी पोखरेल रहेका छन्। त्यस्तै मृगौलाले काम नगरेका कारण जीवत र मृत्यस“ग जुधिरहेका गायक तथा संगीतकार पुर्ण गुरुङलाई फाउण्ेशनका तर्पmबाट उपचार सहयोगस्वरुप ५० हजार रुपियाँ प्रदान गरियो।
सोही अवसरमा आगामी पुष १५ गते फाउण्डेशनको आयोजना तथा मुत्तिनाथ विकास बैंकको प्रस्तुतिमा हुने आठौं संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्डअन्र्तगतको ३२ विधाको उत्कृष्ट ५÷५ मनोयन सार्वजनिक  गरियो। अवार्डमा यसपटकबाट प्रवासमा बसेर गीत संगीत गर्नेका लागि विन्ध्यवासिनी अन्तराष्ट्रिय संगीतकर्मी सम्मानसमेत थपिएको छ।
कार्यक्रममा रमेशराज भट्टराईले बेहुला बनाउ“छु भन्थी बहुला बनार गई बोलको गीत गाएर दर्शक उचाले भने प्रेमप्रकाश वली गायिका ज्योती मगरले पनि उत्तेजक प्रस्तुतिका साथ मञ्च तताइन्। त्यसै गरी प्रेमप्रकाश वली र बादल थापाले पनि गीत संगीत प्रस्तुत गरी मनोरञ्जन दिलाए। सञ्चारकर्मी तथा अभिनेता दिनेश डिसीले रमाइलो प्रस्तुतिका साथ सञ्चालन गरेको कार्यक्रममा श्वेतना योञ्जन, शर्मिला कोइराला, रश्मी तामाङ, अञ्जली अधिकारीले नृत्य प्रस्तुत गरी मनोरञ्जन दिलाए भने शिव बिक र अपेक्षा बस्यालले युगल नृत्य प्रस्तुत गरी दर्शकको मन जिते। हास्य कलाकार आशिष ठकुरीले विभिन्न क्यारिकेचर गरी दर्शक हसाए।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै फाउण्डेशनकी अध्यक्ष लीना शर्मा रेग्मीले फाउण्डेशनले सधैं गीत संगीतको हितका लागि कार्यक्रम गर्ने बताइन्।
‹ Prev 1 Next ›
+ more Movie Release
Data doesn't exist.
+ more Latest News
Data doesn't exist.
+ more Gossip
Data doesn't exist.
+ more Latest Events
Data doesn't exist.
Profile
Data doesn't exist.
Interview
Data doesn't exist.
+ more Bonus News
Data doesn't exist.